खाँदबारी नगरपालिकामा दैनिक ज्यालादारी र करार सेवा सम्झौता रद्द

नगरप्रमुख महेश थपलियाले बुधबार सूचना प्रकाशित गरेर कात्तिक १ देखि लागू हुने गरी २९ जना कर्मचारीको दैनिक ज्यालादारी नियुक्ति र करार सम्झौता रद्द गरिएको हो ।

आश्विन २२, २०८२

दीपेन्द्र शाक्य

Cancellation of daily wage and contractual service contract in Khandbari municipality

संखुवासभा — खाँदबारी नगरपालिकाले नेपाल सरकारको निर्देशनअनुसार दैनिक ज्यालादारी र करार सेवामा कार्यरत कर्मचारीहरूको सम्झौता रद्द गरेको छ ।

नगरप्रमुख महेश थपलियाले बुधबार सूचना प्रकाशित गरेर कात्तिक १ देखि लागू हुने गरी २९ जना कर्मचारीको दैनिक ज्यालादारी नियुक्ति र करार सम्झौता रद्द गरिएको हो । १३ जना दैनिक ज्यालादारी/करार सेवामा कार्यरत कर्मचारी र १६ जना झोलुंगे पुल हेरालुको सम्झौता खारेज गरिएको उनले बताए । 

मन्त्रिपरिषद्‍को असोज ५ को बैठकले स्वीकृत दरबन्दीबाहेक अस्थायी र करारमा कर्मचारी राख्न नपाउने निर्देशन जारी गरेको थियो ।

दीपेन्द्र

Link copied successfully