कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरिरहेका त्रियुगा नगरपालिका-८ शाहीखोला राजाबासका ३५ वर्षीय गम्भीरबहादुर दनुवार मंगलबार मृत फेला परेका हुन् ।
उदयपुर — भदौ तेस्रो साताको आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एक कैदी उदयपुरमा मृत फेला परेका छन् ।
कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरिरहेका त्रियुगा नगरपालिका-८ शाहीखोला राजाबासका ३५ वर्षीय गम्भीरबहादुर दनुवार मंगलबार मृत फेला परेका हुन् । सुनसरी जिल्ला अदालतले २०७७ चैत १३ गते कर्तव्य ज्यान मुद्दामा जन्मकैदको फैसला सुनाइएका दनुवार भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेर घर आएका थिए ।
मंगलबार दिउँसो घर नजिकै सिसौको रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङले बताए । दनुवारको शव कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइएको र घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए ।
