लामो समयदेखि सुत्केरी व्यथा लागिरहे पनि पहिरोका कारण बाटो अवरुद्ध हुँदा अस्पताल लैजान कठिनाइ भइरहेको थियो ।
पाँचथर — नेपाली सेनाले पाँचथरको फिदिम र इलामको सन्दकपुर गाउँपालिकाबाट ३ जना गर्भवतीको उद्धार गरेको छ ।
उद्धार गरिएकामा पाँचथरकी १ र इलामका २ जना छन् । सोमबार प्रसव पीडाले छटपटाइरहेकी पाँचथरको फिदिम नगरपालिका- १२ की निस्सा तुम्रोक, इलाम सन्दकपुर-१ छाँगेकी कमला राई र माबुकी विद्या राईको उद्धार गरिएको हो ।
उनीहरुलाई लामो समयदेखि सुत्केरी व्यथा लागिरहे पनि पहिरोका कारण बाटो अवरुद्ध हुँदा अस्पताल लैजान कठिनाइ भइरहेको थियो । सेनाले हेलिकोप्टरमार्फत उद्धार गरी उनीहरुलाई झापास्थित बी एन्ड सी अस्पताल पुर्याइएको छ ।
नेपाली सेनाले पहिरो प्रभावित इलामका विभिन्न स्थानीय तहमा आइतबारदेखि निरन्तर उद्धारको काम गरिरहेको छ ।
इलाममा गएको पहिरोमा ३७ जनाको मृत्यु भएको छ ।
