कनकाई माई खोलाको किनारमा आइतबार करिब ६०–६५ वर्ष उमेरको एक पुरुषको शव फेला परेको थियो ।
झापा — झापाको कन्काई नगरपालिका–४ कोटीहोमस्थित कनकाई माई खोलाको किनारमा आइतबार फेला परेको शवको पहिचान खुलेको छ ।
माई खोलाको किनारमा करिब ६०–६५ वर्ष उमेरका एक पुरुषको शव फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाले उक्त शव इलाम नगरपालिका–१० गोदक निवासी ७० वर्षीय गर्जमान तामाङको रहेको छोरा दावा तामाङलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
मृतकको शव हाल प्रदेशिक अस्पताल, भद्रपुरमा राखिएको प्रहरी स्रोतले जनाएको छ ।
