पाँचथरमा पहिरोमा परी दुईजनाको ज्यान गयो, तीन घाइते 

घर माथिबाट आएको पहिरोले घर पुर्दा तुम्वेवा-४ की ७९ वर्षीया कान्छीमाया शेर्मा र फाल्गुनन्द-३ का १७ वर्षीय मिसेक नेम्वाङको ज्यान गएको पाँचथरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रुपेश तामाङले जनाए ।

आश्विन १९, २०८२

लक्ष्मी गौतम

Two people died and three were injured in a landslide in Panchthar

पाँचथर — शनिबार रातिको वर्षाका कारण गएको पहिरोमा पर्दा पाँचथरमा २ जनाको ज्यान गएको छ । ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घर माथिबाट आएको पहिरोले घर पुर्दा तुम्वेवा-४ की ७९ वर्षीया कान्छीमाया शेर्मा र फाल्गुनन्द-३ का १७ वर्षीय मिसेक नेम्वाङको ज्यान गएको पाँचथरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रुपेश तामाङले जनाए । उनका अनुसार शेर्माको घर माथिबाट आएको पहिरोले पुर्दा घटनास्थलमै ज्यान गएको थियो । यस्तै नेम्वाङको निबु खोलाले बगाउँदा ज्यान गएको हो ।

पहिरोमा पर्दा मिक्लाजुङ गाउँपालिका–३ सोलुम्बाकी ३७ वर्षीया मनमाया कार्की, फाल्गुनन्द-५ जौवारीका ६६ वर्षीय धनबहादुर चेम्जोङ र फाल्गुनन्द गाउँपालिका–१ आलुबारीकी ७२ वर्षीया सुकमाया आङ्देम्बे घाइते भएका छन् ।

शव पोस्टमार्टमका लागि पाँचथर अस्पताल ल्याउनका साथै घाइतेको उपचार सुरु गरिएको प्रहरीले जनाएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully