बेपत्ता युवक मृत फेला

विश्वकर्मा मृत फेला परेपछि कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुशान्त मिश्रको टोली घटनास्थलमा खटिएको डिएसपी बुढाथोकीले जनाएका छन् ।

आश्विन १९, २०८२

डम्बरसिं राई

Missing youth found dead

खोटाङ — शनिबार बेपत्ता भएका युवक आइतबार मृत फेला परेका छन् । मावली गएर फर्कने क्रममा हौचुर खोलाले बगाएर बेपत्ता भएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका २१ वर्षीय सुमन विश्वकर्मा उक्त खोलाकै ओडारे भन्ने ठाउँमा मृत फेला परेका हुन् ।

रावाबेसी गाउँपालिका–६ हौचुरस्थित मावली गएर फर्कने क्रममा शनिबार बेलुकी सात बजेतिर हौचुर खोलाले बगाएर बेपत्ता भएका विश्वकर्मा आइतबार बिहान साढे ९ बजेतिर उक्त खोलाकै ओडारे भन्ने ठाउँमा पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले बताएका छन् ।

राति ८ बजे प्रहरीलाई जानकारी आउनासाथ घटनास्थलमा प्रहरी पुगी स्थानीयको साथमा राति दुई बजेसम्म खोजतलास गर्दा फेला नगरेको र बिहान खोजतलासको क्रममा हरमटार प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक राजाराम यादवको टोलीले फेला परेको डिएसपी बुढाथोकीले सुनाएका छन् । 

विश्वकर्मा मृत फेला परेपछि कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुशान्त मिश्रको टोली घटनास्थलमा खटिएको डिएसपी बुढाथोकीले जनाएका छन् । 

‘हिजो बेपत्ता युवक आज हरमटार प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक राजाराम यादवको टोलीले मृत फेला परेका छन्,’ बुढाथोकीले भने, ‘मृत फेला परिसकेपछि प्रहरी निरीक्षक सुशान्त मिश्रको टोली घटनास्थलमा खटिएका छन् ।’

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully