मृतक सबैको शव ओसार्नकालागि लाग्ने सवारी खर्च गाउँपालिकाले बेहोर्ने गाउँपालिका अध्यक्ष युक हांगबिर हाङगाम डम्बरले जानकारी दिए ।
ताप्लेजुङ — असोज १८ गते शनिबार मिक्वाखोला गाउँपालिका ४ सावाँबाट मेरिङदेन हुँदै धरान जाँदै गरेको बोलेरो जिपमा मृत्यु र घाइते अधिकांश मेरिङदेन गाउँपालिकाका परेका छन् ।
तमोर करिडोर सडक खण्ड अन्तर्गत पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका ३ कात्तिकेमा मे१ज ३०५५० नम्बरको जिप दुर्घटना भएको थियो ।
सवारी दुर्घटनामा परि मृत्यु भएकामध्ये मेरिङदेन २ सान्थाक्राका बिनोद लङवा, ४ लिङतेपकी गीता हाङगाम, ५ थुकिमाका अबिसेक लिम्बू, धन कुमार लिम्बू र सिदिङबा गाउँपालिका १ कालिखोला विवाह भएकी मेरिङदेन ५ कै युना तामाङ रहेका छन् ।
मोरङ उर्लाबारी ८ घरभई मिक्वाखोला ४ साँवामा विवाह गरेर आएकी मनीषा कार्कीको पनि मृत्यु भएको छ । घाइतेमध्ये मेरिङदेन ५ थुकिमाका जिप चालक महेश केदेम लिम्बू र विमल लिम्बू छन् भने मिक्वाखोला ४ सावाँका मनु सावाँ र सन्जुहाङ लिम्बू रहेका छन् ।
मेरिङदेन ५ मावली भएका कालिखोलाका अनिष लिम्बू र फुङलिङ नगरपालिका ३ जन्मस्थल भई सुनसरी ७ इटहरी बस्तै आएका महेश गुरागाइँ घाइते छन् । घाइते सबैको धरानस्थित घोपा क्याम्पमा उपचार भइरहेको छ ।
मृतक सबैको शव ओसार्नकालागि लाग्ने सवारी खर्च गाउँपालिकाले बेहोर्ने गाउँपालिका अध्यक्ष युक हांगबिर हाङगाम डम्बरले जानकारी दिए । गाउँपालिकालाई शोकमा पार्ने गरीको दुर्घटना भएको प्रति उनले दुख व्यक्त गरेका छन् ।
