विगतमा यहाँ कात्तिकदेखि मात्रै हिउँ पर्थ्यो । यो वर्ष असोजमै सिजनको पहिलो पटक हिउँ परेको हो ।
पाँचथर — पाँचथर र ताप्लेजुङको सीमावर्ती तिम्बुङ पोखरी क्षेत्रमा हिउँ परेको छ । देशभर पानी परिरहँदा यस क्षेत्रमा हिउँ परेको हो ।
शनिबार राति र आइतबार बिहान हिउँ परेको तिम्बुङ पोखरीका पर्यटन व्यवसायी अमिर राईले जानकारी दिए । उनका अनुसार तिम्बुङ पोखरी, पहाडेमेगु र लक्ष्मी पोखरी क्षेत्रमा हिउँ परेको थियो । विगतमा यहाँ कात्तिकदेखि मात्रै हिउँ पर्थ्यो । यो वर्ष असोजमै सिजनको पहिलो पटक हिउँ परेको हो ।
तिम्बुङ पोखरी क्षेत्र धार्मिक र पर्यटकीय दृष्टिकोणले चर्चित छ ।
