अरिङ्गालले चिलेर मृत्यु

हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुरका ३७ वर्षीय रमेश राईको आइतबार उपचारका क्रममा मृत्यु भएको हो । 

आश्विन १९, २०८२

डम्बरसिं राई

खोटाङ — अरिङ्गालले चिलेर घाइते युवकको मृत्यु भएको छ । असोज १७ मा अरिङ्गालले चिलेर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुरका ३७ वर्षीय रमेश राईको आइतबार मृत्यु भएको हो ।

स्थानीय साँघुरी सामुदायिक वनमा अरिङ्गाल पोल्ने क्रममा टाउको, ढाड, हात–खुट्टा लगायत शरीरका विभिन्न भागमा अरिङ्गालले चिलेर घाइते भएका राईको जिल्ला अस्पताल दिक्तेलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले बताए । 

‘अरिङ्गालले चिलेर घाइते भएका राईको उपचारका क्रममा जिल्ला अस्प्ताल दिक्तेलमा मृत्यु भएको हो,’ मिश्रले भने ।

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully