पहिरो पन्छाएपछि कोशी राजमार्ग सञ्चालनमा

सडकमाथिबाट खसेको पहिरोका कारण अवरुद्ध कोशी राजमार्गको मुलघाट-धनकुटा खण्ड केहीबेर अघिदेखि सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

आश्विन १९, २०८२

रमेशचन्द्र अधिकारी

Koshi Highway in operation after the landslides cleared

धनकुटा — अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध धनकुटाका अधिकांश मुख्य सडक सञ्चालनमा आएका छन्। निरन्तर वर्षा र पहिरोका कारण धनकुटाका विभिन्न मुख्य र सहायक सडकमार्ग अवरुद्ध बनेका थिए।

सडकमाथिबाट खसेको पहिरोका कारण अवरुद्ध कोशी राजमार्गको मुलघाट-धनकुटा खण्ड केहीबेर अघिदेखि सञ्चालनमा आएको प्रहरीले जनाएको छ। मुलघाट नजिक अवरुद्ध सडक सुचारु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत हिले-पाख्रिबास-लेगुवा खण्ड हिजोदेखि अवरुद्ध सडक समेत सञ्चालनमा आएको छ। तमोर करिडोर भने प्रभावित छन्।

बाढी पहिरोबाट भएको अन्य क्षतिको विवरण संकलन भइरहेको जनाइएको छ। अन्य भित्री सडकको अवरोध हटाउने कार्य जारी रहेको प्रशासन स्रोतले जनाएको छ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully