सडकको अवस्था जीर्ण रहेको र वर्षातका कारण ठाउँ ठाउँमा सडक बिग्रिएकाले असोज १८ गतेदेखि २१ गते बिहान ५ बजेसम्मका लागि सवारी आवागमन बन्द गरिएको हो ।
उदयपुर — जिल्ला प्रशासन कार्यालय उदयपुरले सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी-घुर्मी सडक खण्डमा सवारी आवागमनमा रोक लगाएको छ ।
सडकको अवस्था जीर्ण रहेको र वर्षातका कारण ठाउँ ठाउँमा सडक बिग्रिएकाले असोज १८ गतेदेखि २१ गते बिहान ५ बजेसम्मका लागि सवारी आवागमन बन्द गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले विज्ञप्ति जारी गर्दै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन र त्रियुगा खोला, बरुवा खोला आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका छन् । कोशी बाढीको उच्च जोखिममा रहेको बेलका नगरपालिका-१ पुरन्दह, वडा नम्बर २ भागलपुर, वडा नम्बर ३,५ र ८ नम्बर वडा नागरिकहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।