पाँचथर दुर्घटना : ६ जनाको उद्धार

शनिबार बिहान ताप्लेजुङदेखि धरानतिर जाँदै गरेको मे १ ज ३०५५ नम्बरको जिप पाँचथरको कुम्मायक गाउँपालिका–३ को सिमाना कात्तिके भीर नजिकै सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।

आश्विन १८, २०८२

लक्ष्मी गौतम

Panchthar accident: Rescue of 6 people

पाँचथर — शनिबार बिहान पाँचथरमा दुर्घटना भएको जिपमा सवार ६ जनाको उद्धार गरिएको छ । 

उद्धार गरिएकामध्ये पाँच जनालाई थप उपचारका लागि धरानतर्फ पठाइएको छ भने एक जनालाई जिल्ला अस्पतालमा पठाइएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । 

शनिबार बिहान ताप्लेजुङदेखि धरानतिर जाँदै गरेको मे १ ज ३०५५ नम्बरको जिप पाँचथरको कुम्मायक गाउँपालिका–३ को सिमाना कात्तिके भीर नजिकै सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।

थपको उद्धार प्रयार जारी छ । केही मानवीय क्षति भएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । जिपमा ११ जना सवार भएको बताइएको छ । 

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully