कोशी राजमार्गको धरान-धनकुटा खण्डका विभिन्न भागमा क्षति पुगेको जनाइएको छ । सडकमा सवारी साधन सञ्चालनमा समेत प्रशासनले रोक लगाएको छ ।
धनकुटा — अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गको धनकुटा पाख्रिबासस्थित डिकुरेमा सडक भासिएको छ । शनिबार अपराह्न सडक पहिरोले पुरिएको छ भने करिब २० मिटर भासिएको प्रहरीले जनाएको छ ।
क्षतिको सम्पूर्ण विवरण भने प्राप्त हुन बाँकी रहेको जनाइएको छ ।
यसैबीच, कोशी राजमार्गको धरान-धनकुटा खण्डका विभिन्न भागमा क्षति पुगेको जनाइएको छ । सडकमा सवारी साधन सञ्चालनमा समेत प्रशासनले रोक लगाएको छ । धरानबाट धनकुटातर्फ गएका सवारी साधनहरु धरानतर्फ नै फर्काइएको भेडेटार प्रहरीले जनाएको छ।
