खोटाङमा चट्याङ लागेर वृद्धको मृत्यु

मंगलबार दिउँसो परेको चट्याङले साकेला गाउँपालिका–२ रतन्छा मूलखर्कका ६९ वर्षीय धीरज राईको मृत्यु भएको हो ।

आश्विन १४, २०८२

डम्बरसिं राई

Old man died due to lightning in Khotang

खोटाङ — खोटाङमा चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ । मंगलबार दिउँसो परेको चट्याङले साकेला गाउँपालिका–२ रतन्छा मूलखर्कका ६९ वर्षीय धीरज राईको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार  बुधबार सर्जमिन मुचुल्का गरी पोस्टमार्टम गरिनेछ ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully