जेन–जी आन्दोलनका सहिदको स्मृतिमा खोटाङमा दीप प्रज्वलन

जेन–जी सहिदको स्मृतिमा दिक्तेःमा मंगलबार र्‍यालीपछि दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको हो ।

आश्विन १४, २०८२

डम्बरसिं राई

Lamp lighting in Khotang in memory of martyrs of Zen-ji movement

खोटाङ — जेन–जी आन्दोलनमा सहादात प्राप्त गर्नेहरूको स्मृतिमा दिक्तेलमा श्रद्धाञ्जली अर्पण गरिएको छ ।

सहिद भएका जेन–जीको सम्झनामा खोटाङका परिवर्तन जेन–जी समूहले मंगलबार दिक्तेलमा र्‍यालीपछि दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

जेन–जी आन्दोलनमा ज्यान गुमाउनेहरूलाई पशुपति आर्यघाटमा सामूहिक अन्त्येष्टि गरिएको १३ औं पुण्यतीथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम गरिएको परिवर्तन जेन–जी समूहका नेतृत्वकर्ता निरेश राईले बताए ।

‘यतिबेला घर–घरमा महान् चाड आइरहेको छ तर जेन–जी आन्दोलनमा ज्यान गुमाउनेहरूको घरमा आँसु बगिरहेको छ,’ राईले भने, ‘भावी पुस्ताका लागि जीवन अर्पण गरेर जानु भयो, उहाँप्रति चोखो मनले श्रद्धासुमन व्यक्त गर्न श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो ।’ 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully