कोशी प्रदेशसभाको सातौं अधिवेशन अन्त्य गर्न सिफारिस

मन्त्रिपरिषद् स्रोतका अनुसार प्रदेश सरकारको नियमित कार्यसूची सम्पन्न भइसकेकाले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारिस गरिएको हो ।

आश्विन १०, २०८२

पर्वत पोर्तेल

Recommendation to end the seventh session of the Koshi State Assembly

काठमाडौँ — कोशी प्रदेश मन्त्रिपरिषद्को शुक्रबारको बैठकले प्रदेशसभाको चालु सातौं अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । निर्णयअनुसार २०८२ असोज १० गते राति १२ बजेदेखि अधिवेशन अन्त्य हुने छ ।

मन्त्रिपरिषद् स्रोतका अनुसार प्रदेश सरकारको नियमित कार्यसूची सम्पन्न भइसकेकाले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारिस गरिएको हो । अब प्रदेश प्रमुखको निर्णयपछि अधिवेशन औपचारिक रूपमा अन्त्य हुने छ ।

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully