लेनदेन विवादमा छिमेकीको कुटाइबाट एक जनाको मृत्यु

चौधरीलाई सामान्य लेनदेनको विवादमा छिमेकी ५० वर्षीय लाल चौधरीले कुटपिट गरेका थिए। कुटपिटबाट उनको टाउकोमा गम्भीर चोट लागेको थियो। उपचारका क्रममा उनको ज्यान गएको हो।

आश्विन ९, २०८२

अर्जुन सुवेदी

One person died after being beaten up by a neighbor in a transaction dispute

सुनसरी — इटहरी उपमहानगरपालिका-१६ उब्दीका ४२ वर्षीय रामकुमार चौधरीको छिमेकीको कुटपिटबाट ज्यान गएको छ।

चौधरीलाई सामान्य लेनदेनको विवादमा छिमेकी ५० वर्षीय लाल चौधरीले कुटपिट गरेका थिए। कुटपिटबाट उनको टाउकोमा गम्भीर चोट लागेको थियो। उपचारका क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ।

कुटपिटबाट घाइते उनलाई उपचारका लागि सान्वी सिटी अस्पताल पुर्‍याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो ।

उनको सोही अस्पतालमा उपचारकै क्रममा गएराति साढे ११ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनामा संलग्न लाल चौधरीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ।

अर्जुन

Link copied successfully