झापामा हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार जंगली हात्तीको आक्रमणवाट बिर्तामोड ७ निवासी २७ वर्षीय साहिल मोहम्मद मियाँको मृत्यु भएको हो ।

आश्विन ९, २०८२

कान्तिपुर संवाददाता

A young man died after being attacked by an elephant in Jhapa

झापा — झापाको बिर्तामोड नगरपालिका–७ खालबारीमा हात्तीको आक्रमणबाट एक युवकको ज्यान गएको छ।

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार जंगली हात्तीको आक्रमणवाट बिर्तामोड ७ निवासी २७ वर्षीय साहिल मोहम्मद मियाँको मृत्यु भएको हो । 

पोष्टमार्टमका लागि शव प्रादेशिक अस्पताल भद्रपुर पठाइएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully