धनकुटाको महालक्ष्मीमा बेवारिसे अवस्थामा वृद्धको शव फेला

महालक्ष्मी-३ चित्रेका ७२ वर्षीय चित्रबहादुर कार्कीको शव बाटो छेउमा फेला परेको प्रहरीले जनाएको छ । 

आश्विन ४, २०८२

रमेशचन्द्र अधिकारी

An old man's body was found abandoned in Mahalakshmi, Dhankuta

धनकुटा — धनकुटा महालक्ष्मी नगरपालिका-३ भन्ज्याङ गैरीगाउँमा शनिबार एक वृद्धको बेवारिसे अवस्थामा शव फेला परेको छ । महालक्ष्मी-३ चित्रेका ७२ वर्षीय चित्रबहादुर कार्कीको शव बाटो छेउमा फेला परेको प्रहरीले जनाएको छ । 

शुक्रबारदेखि बेपत्ता भएका कार्की खोजतलास गर्ने क्रममा स्थानीयले मृत फेला पारेका हुन् ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटातर्फ पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully