पाँचथरमा पहिरोले पाँच परिवार विस्थापित, तीन घर जोखिममा

फिदिम फालौट सडकका विभिन्न स्थानमा समेत पहिरो र ढिस्को खस्दा यातायात प्रभावित भएको बताइएको छ ।

भाद्र ३१, २०८२

लक्ष्मी गौतम

Panchthar landslide displaced five families, three houses are at risk

पाँचथर — निरन्तरको वर्षाका कारण गएको पहिरोले घर जोखिममा परेपछि पाँचथरको फालेलुङ–३ का पाँच परिवार विस्थापित भएका छन् ।

यस्तै, फालेलुङ–५ लुङमादिनमा थप तीन घर जोखिममा परेको फालेलुङ–३ का वडाध्यक्ष शक्ति केरुङले जानकारी दिए ।

उनका अनुसार पहिरोले घर तान्ने जोखिम बढेपछि फालेलुङ–३ दाङलेपाका जङ्गवाज राई, खड्गप्रसाद केरुङ, दीप्रसाद केरुङ,लोकेन्द्र केरुङ र जीवन केरुङको परिवार विस्थापित भएको हो ।

उनीहरूलाई आफन्तका घरमा लैजानका साथै रेडक्रस सोसाइटीबाट प्रारम्भिक राहत सामग्री उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

निरन्तरको वर्षाका कारण पाँचथरस्थित फिदिम याङनाम फालौट सडक र जोरपोखरी एकतीन मेमेङ सडक अवरुद्ध भएका छन् । यस्तै, फिदिम फालौट सडकका विभिन्न स्थानमा पहिरो र ढिस्को खस्दा यातायात प्रभावित भएको बताइएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully