प्रहरीले मुचुल्का तयार नगरीकन नागरिक तहबाट भएको सरसफाइको आलोचना भएपछि इटहरीमा विवाद भएको छ ।
सुनसरी — जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी कार्यलयहरुमा प्रहरीले मुचुल्का तयार नगरीकन नागरिक तहबाट भएको सरसफाइको आलोचना भएपछि इटहरीमा विवाद भएको छ ।
कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीमा सरसफाइ तथा रंगरोगन गर्ने भन्दै बिहान ११ बजेदेखि केही स्थानीय तथा सङ्घसंस्थाका प्रतिनिधिले काम सुरु गरेका थिए । तर प्रहरीले कार्यालयमा भएको क्षति तथा घटनाको मुचुल्का तयार नगरी घटनास्थलमा प्रवेश गर्न नहुने र प्रमाण नष्ट हुने बताएपछि सरसफाइ कार्यक्रम विवादित बनेको छ ।
अहिले अधिकांश सहभागीहरू प्रहरीबाट यस्तो भनाइ आएपछि सरसफाइबाट पछि हटेका छन् । उक्त सरसफाइको नेतृत्व स्थानीय समीर कार्कीले गरेका थिए ।
