खोटाङ — दिक्तेलमा शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ४ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क बमोजिम प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले कर्फ्यु आदेश जारी गरेकी हुन् ।
सूचना अनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाभित्र पर्ने सदरमुकाम दिक्तेल लगायत मुढे इलाका, सिद्धेश्वर गुफा जाने बाटो, अस्पतालचौकबाट लफ्याङ जाने बाटोको २ सय मिटर अगाडिसम्म, अल्छेढुङ्गाबाट सोल्मा जाने बाटोको ५ सय मिटर अगाडिसम्म, रत्नपार्कबाट बाम्राङ जानेबाटोको ५ सय मिटर अगाडिसम्म कर्फ्यु लगाइएको जारी सूचनामा उल्लेख छ । कर्फ्युको अवधिभर अत्यावश्यक सेवाका साधनहरू, एम्बुलेन्स्, दमकल, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, इन्धन बाहक सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरूको आवागमनमा सुरक्षाकर्मीबाट सहजीकरण हुने सूचनामा उल्लेख गरिएको छ । तोकिएको स्थानमा कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने सूचनामा उल्लेख छ ।
