धरानस्थित भाटभटेनीमा जलेको अवस्थामा थप ३ जनाको शव फेला

भाद्र २७, २०८२

एलिना राई

धरान । धरान–१० स्थित पुतली लाइनमा रहेको भाटभटेनी सुपरमार्केटमा आगजनी हुँदा जलेका थप ३ जनाको शव भेटिएको छ ।

शुक्रबार धरानका जनप्रतिनिधि र सुरक्षकर्मीले घटनास्थल निरीक्षण गर्ने क्रममा भाटभटेनीको दोस्रो तलामा जलेको अवस्थामा एउटा शव र चौथो तलामा ३ वटा शव फेला परेका हुन् ।

धरान । धरान–१० स्थित पुतली लाइनमा रहेको भाटभटेनी सुपरमार्केटमा आगजनी हुँदा जलेका थप ३ जनाको शव भेटिएको छ ।



शुक्रबार धरानका जनप्रतिनिधि र सुरक्षकर्मीले घटनास्थल निरीक्षण गर्ने क्रममा भाटभटेनीको दोस्रो तलामा जलेको अवस्थामा एउटा शव र चौथो तलामा ३ वटा शव फेला परेका हुन् । उक्त सुपरमार्केटमा भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन अराजक समूहले आगो लगाएको थियो । 



उक्त आगो पूर्णरुपमा आज मात्र नियन्त्रणमा आएपछि घटना निरीक्षण गर्दा शव भेटिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरले बताए । बिहान दोस्रो तलामा एक मानव अवशेष भेटिएको थियो । चौथो तलामा निभिनसकेको आगो पुन: दमकलले निभाएपछि ३ ठाउँमा पूर्ण रुपमा जलेको अवस्थामा केही मानव अवशेष फेला परेको प्रहरी निरीक्षक कुँवरले बताए । उनका अनुसार आन्दोलनको दिन ४ जना मानिस भाटभटेनीमा हराएको भन्ने खबरअनुसार खोजी गरिएको थियो । 



उनले भने, ‘चौथो तलामा ३ ठाउँमा थोरै थोरै मानिसका केही अवशेष भेटिएकोले ३ जनाको शव हुन सक्ने अनुमान गरिएको छ ।' ती अवशेषलाई प्रहरीले मुचुल्का उठाएर पोस्टमार्टम गर्न अस्पताल लगिएको छ । 


एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully