प्रदर्शनकारीहरुले उदयपुरका सबैजसो सरकारी कार्यालयमा तोडफोड गरेका छन् ।
काठमाडौँ — उग्र रुप लिएको जेन–जी आन्दोलनले जिल्ला प्रशासन, त्रियुगा नगरपालिका, मालपोत, जिल्ला अदालत, खानेपानी कार्यालय, नापी कार्यालय, सिँचाइ, गाईघाट दिक्तेल सडक आयोजना, कृषि ज्ञान केन्द्र, डिभिजन वन कार्यालय गाईघाट, नेपाल टेलिकम, कर्मचारी मिलन केन्द्र, शिक्षा विकास तथा समन्वय ईकाईमा तोडफोड गरेका हुन् ।
करिब ३ हजार युवाहरुको भीडले सरकारी कार्यालयमा आक्रमण गर्न थालेपछि अवस्था तनावपूर्ण बनेको छ । यद्दपि प्रहरी भने संयमित बनेको छ ।
