पाँचखपन नगरपालिकामा शोक बिदा

काठमाडौंसहित देशभरको जेन–जी आन्दोलनमा घाइते र मृतकको सम्झनामा पाँचखपन नगरपालिकाले शोक बिदा दिने निर्णय गरेको छ।

भाद्र २४, २०८२

दीपेन्द्र शाक्य

Mourning holiday in Panchkhapan municipality

संखुवासभा — सङ्खुवासभाको पाँचखपन नगरपालिकाले मङ्गलबार शोकबिदा घोषणा गरेको छ ।

काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन–जी आन्दोलनका क्रममा भएका घटनामा जीवन गुमाएको र  घाइते भएका दुःखद घटनाले पाँचखपन नगरपालिका स्तब्ध बनेको भन्दै शोक बिदा दिएको । 

सोमबार भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्दै नगरपालिकाले मृतक आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, उपचाररत घाइते युवाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

नगरपालिकाका प्रमुख विपिन राईले मंगलबार एक दिनका लागि नगर कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा आकस्मिक र अत्यावश्यक सेवा बाहेकका गतिविधि स्थगित गर्दै शोक विदा दिने घोषणा गरेका हुन् । 

दीपेन्द्र

Link copied successfully