कोशी प्रदेश मुख्यमन्त्री कार्यालय आन्दोलनकारीको नियन्त्रणमा, तोडफोड सुरु

प्रदेशसभा भवनमा भीषण आगजनीपछि आक्रोशित प्रदर्शनकारीको ठूलो समूह मुख्यमन्त्री कार्यालयतर्फ अघि बढेको थियो।

भाद्र २४, २०८२

कान्तिपुर संवाददाता

Koshi State Chief Minister's office under the control of protesters, vandalism started

विराटनगर — जेन–जी आन्दोलन उग्र बन्दै गएसँगै विराटनगरस्थित कोशी प्रदेश मुख्यमन्त्री कार्यालयमा पनि आन्दोलनकारीले नियन्त्रण कायम गरी तोडफोड सुरु गरेका छन्।

प्रदेशसभा भवनमा भीषण आगजनीपछि आक्रोशित प्रदर्शनकारीको ठूलो समूह मुख्यमन्त्री कार्यालयतर्फ अघि बढेको थियो। प्रहरीको बलियो सुरक्षा घेरा तोड्दै उनीहरू भवनभित्र प्रवेश गरेका हुन्।

आन्दोलनकारीले कार्यालयभित्रका फर्निचर, कागजात, उपकरण र झ्यालढोकामा तोडफोड सुरु गरेका छन्। सुरक्षाकर्मीले नियन्त्रणमा लिन प्रयास गरे पनि भीड अत्यधिक भएकाले अवस्था नियन्त्रणमा आउन सकेको छैन।

यसअघि आन्दोलनकारीले प्रदेशसभा भवनमा भीषण आगजनी गरेका थिए। यस्तै, नेकपा एमालेको पाञ्चालीस्थित पार्टी कार्यालय र ट्राफिक चोकमा रहेको आन्तरिक राजश्व कार्यालयमा पनि आगजनी भएको छ।

कान्तिपुर

Link copied successfully