राईले भदौ १६ गते बिहान खार्मीबाट दिक्तेल आउँदै गरेको ना १ ज ४३७२ नम्बरको सुमोलाई बाँस तथा मुढाले सडक अवरुद्घ गरी भरुवा बन्दुक तेर्स्याएर डरधाक देखाइ लुटपाट गर्न खोजेको भन्दै चालक सविन तामाङले डाँका उद्योगसम्बन्धी शीर्षकमा उजुरी दिएका हुन् ।
खोटाङ — भरुवा बन्दुक देखाएर रकम मागेको आरोप लागेका कांग्रेस खोटाङका सदस्य श्यामकुमार राईविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका राईविरुद्ध डाँका उद्योगसम्बन्धी शीर्षकका बुधबार उजुरी परेको हो ।
राईले भदौ १६ गते बिहान खार्मीबाट दिक्तेल आउँदै गरेको ना १ ज ४३७२ नम्बरको सुमोलाई बाँस तथा मुढाले सडक अवरुद्घ गरी भरुवा बन्दुक तेर्स्याएर डरधाक देखाइ लुटपाट गर्न खोजेको भन्दै चालक सविन तामाङले डाँका उद्योगसम्बन्धी शीर्षकमा उजुरी दिएका हुन् ।
उजुरीमा श्यामकुमार राईले आफ्नो बाटोमा किन गाडी चलाएको ? गाडी चलाएबापत पैसा तिर्नु पर्छ, यदि पैसा दिइनस् भने तेरो ज्यानसमेत जान सक्छ ? जस्ता धम्की दिएर लुट्न खोजेको उजुरीमा उल्लेख छ । मंगलबार जिल्लास्थित १४ यातायात व्यवसायीहरूले उक्त प्रकरणमा संलग्न व्यक्तिलाई कारबाहीको माग गरेका थिए । राई फरार रहेको प्रहरीले जनाएको छ ।