बन्दुक देखाएर असुली गर्नेलाई कारबाही माग

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ का राईले सोमबार बिहान गाडी रोकी बन्दुक देखाएर रकम मागेको भन्दै पक्राउ गरी कानुनी कारबाही गर्न मंगलबार जिल्लास्थित १४ वटा यातायात व्यवसायीले माग गरेका हुन् ।

भाद्र १७, २०८२

डम्बरसिं राई

Demand action against extortionists showing guns

खोटाङ — भरुवा बन्दुक देखाएर असुली गर्ने कांग्रेस खोटाङका सदस्य श्यामकुमार राईलाई कारबाही गर्नुपर्ने यातायात व्यवसायीले माग गरेका छन् । 

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ का राईले सोमबार बिहान गाडी रोकी बन्दुक देखाएर रकम मागेको भन्दै पक्राउ गरी कानुनी कारबाही गर्न मंगलबार जिल्लास्थित १४ वटा यातायात व्यवसायीले माग गरेका हुन् । उनीहरूले यातायात मजदुरको जीवन रक्षाको मागसमेत गरेका छन् । 

खोटाङ यातायात, पूर्वखोटाङ यातायात, तुवाचुङ मारतिका यातायात, खोटाङ कालिका यातायात, पब्लिक मध्यपहाडी यातायात, हलेसी खोटाङ यातायात, दिक्तेल यातायात, यलम्बर सुम्निमा यातायात, एलम्बरहाङ अटो सेवा, शुभ खोटाङ यातायात, नेपाल यातायात स्वतन्त्र मजदुर युनियन र अखिल नेपाल यातायात मजदुर संघ खोटाङले संयुक्त विज्ञप्ति जारी गरी दोषीलाई कारबाहीको माग गरेका हुन् । 

राईले खार्मीबाट दिक्तेल आउँदै गरेको ना १ ज ४३७२ नम्बरको सुमो रोकी चालक सविन तामाङलाई भरुवा बन्दुक देखाएर सहयोग रकम मागेका थिए । चन्दा असुली भइरहे यातायात व्यवसाय चलाउन समस्या हुने भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully