करेन्ट लागेर युवकको मृत्यु

तक्मेवा खोलामा पुल निर्माणको क्रममा करेन्ट लागेर घाइते भएका राईको प्राथमिक उपचार केन्द्र तापेथोकमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

भाद्र १५, २०८२

आनन्द गौतम

Young man died of electrocution

ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिका-५ का ३० वर्षीय सन्तोष राईको करेन्ट लागेर मृत्यु भएको छ । तक्मेवा खोलामा पुल निर्माणको क्रममा करेन्ट लागेर घाइते भएका राईको प्राथमिक उपचार केन्द्र तापेथोकमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार यहाँ पाथीभरा सर्भिस सेन्टरले पुल निर्णाणको जिम्मेवारी लिएर काम गरिरहेको थियो । तापेथोक प्रहरी चौकीबाट खटिएको प्रहरी सहायक निरीक्षक कुमार कटवाल नेतृत्वको प्रहरी टोलीले शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याएको छ । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully