खोटाङका पत्रकारले दिए जिल्ला प्रशासनमा धर्ना

नेपाल पत्रकार महासंघ खोटाङ शाखाको नेतृत्वमा एक घण्टा धर्ना बसेका हुन् ।

भाद्र १२, २०८२

डम्बरसिं राई

Journalists of Khotang staged a sit-in at the district administration

खोटाङ — कोशी प्रदेश सरकारले अघि बढाएको ‘कोशी प्रदेश आमसञ्चार विधेयक’ले पत्रकारिता क्षेत्र र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष प्रहार भएको भन्दै खोटाङका पत्रकारहरू जिल्ला प्रशासन कार्यालयमा बिहीबार धर्ना बसेका छन् । 

नेपाल पत्रकार महासंघ खोटाङ शाखाको नेतृत्वमा एक घण्टा धर्ना बसेका हुन् । विधेयकमा समावेश प्रावधानहरू संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको मर्म र भावनाविपरीत भएको ठहर गर्दै यसको पूर्ण खारेजी हुनु पर्नेसमेत महासंघले माग गरेको छ । विधेयक खारेज नभए अरु सशक्त आन्दोलन गरिने पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष हरिबोल आचार्यले बताएका छन् । 

‘विधेयकमा संविधानले प्रत्याभूत गरेका पूर्ण प्रेस स्वतन्त्रताको मर्म र भावनाविपरीतका बुँदाहरू समेटिएकाले उक्त बुँदा खारेज नभए अरु सशक्त आन्दोलन गरिने छ,’ आचार्यले भने ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully