लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले खैरो हेरोइनसहित नियन्त्रणमा लिएको जनाइएको छ ।
धनकुटा — धनकुटा नगरपालिका-६ फोकल्यान्ड टापुबाट प्रहरीले लागुऔषध कारोबार भइरहेको स्थानबाट ६ जनालाई नियन्त्रणमा लिएको छ ।
लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले खैरो हेरोइनसहित नियन्त्रणमा लिएको जनाइएको छ । जसमा ९९० मिलिग्राम खैरो हेरोइन बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धनकुटा नपा-६ फोक्लैण्ड टापु बस्ने वर्ष २७ को एलन लिम्बु,वर्ष २३को रोनिश थापा , धनकुटा ७ का २२को रबिन मल्लिक, वर्ष२०को उदय साह, धनकुटा ६ का वर्ष२१को सफल नेवा खड्गी, सुनसरी धरान उमनपा-१ बस्ने वर्ष २५को धन बहादुर भुजेल रहेका छन्। धनकुटा जिल्ला अदालतबाट दिन ७ म्याद थप गरी अनुसन्धान कार्य भई रहेको समेत प्रहरीले उल्लेख गरेको छ ।
