आइतबार साँझ पुष्पलाल स्मृति भवनबाट सुरु भएको राँके जुलुस भवन गैह्रा, हुलाकडाँडा हुँदै त्रिवेणीचोक पुगेर कोणसभामा परिणत भएको हो ।
खोटाङ — अनेरास्ववियु र राष्ट्रिय युवा संघ खोटाङले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र उपयोग गर्ने गरी चीन र भारतबीच भएको व्यापार सम्झौताविरुद्ध विरोध प्रदर्शन गरेको छ ।
आइतबार साँझ पुष्पलाल स्मृति भवनबाट सुरु भएको राँके जुलुस भवन गैह्रा, हुलाकडाँडा हुँदै त्रिवेणीचोक पुगेर कोणसभामा परिणत भएको हो ।
सभामा बोल्दै अनेरास्ववियु केन्द्रीय सदस्य तथा खोटाङ र सोलुखुम्बुका इन्चार्ज विष्णु उपरकोटीले नेपालको भूमि अतिक्रमण गरेर भारत र चीनले व्यापार सम्झौता गरेपछि उत्पन्न समस्या समाधान गरिनु पर्ने धारणा राखेका छन् ।
एमाले खोटाङका सदस्य तथा राष्ट्रिय युवा संघ खोटाङका फ्याक्सन इन्चार्ज रसकुमार राईले भारत र चीनको व्यापार सम्झौताले नेपालको स्वाधीनतामाथि धावा बोलेको उल्लेख गर्दै यसका विरुद्ध उभिनु पर्ने बताएका छन् ।