इलामको बसपार्कस्थित होटलमा पुरुष मृत फेला

शव इलाम अस्पतालमा पोस्टमार्टमका लागि पठाउनुका साथै आफन्तलाई झिकाएर कानुनी प्रक्रिया अगाडि बढाएको पनि प्रहरीले जनाएको छ ।

भाद्र ८, २०८२

लक्ष्मी गौतम

A man was found dead in a hotel at Bus Park in Ilam

पाँचथर — पाँचथरको हिलिहाङ-३ गोपेटारका डुपछिरिङ शेर्पा इलाम सदरमुकामस्थित बसपार्कको गजुरमुखी होटलमा मृत अवस्थामा भेटिएका छन् ।

३४ वर्षीय शेर्पालाई आइतबार बिहान सुतेको कोठामै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । प्रहरीका अनुसार शेर्पा अघिल्लो दिन साँझ इलाम बजारको सो  होटलमा बास बस्न पुगेका थिए ।

शेर्पाको शव इलाम अस्पतालमा पोस्टमार्टमका लागि पठाउनुका साथै आफन्तलाई झिकाएर कानुनी प्रक्रिया अगाडि बढाएको पनि प्रहरीले जनाएको छ ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully