गर्गाचार्य सामुदायिक पुस्तकालयको आयोजनामा भएको कार्यक्रममा मोतीरामको व्यक्तित्व, कृतित्व तथा गजलसम्बन्धी चर्चा गरिएको थियो ।
धनकुटा — युवाकवि मोतीराम भट्टको १६० ओैं जयन्तीको अवसरमा धनकुटामा साहित्यिक कार्यक्रम आयोजना गरिएको छ ।
गर्गाचार्य सामुदायिक पुस्तकालयको आयोजनामा भएको कार्यक्रममा मोतीरामको व्यक्तित्व, कृतित्व तथा गजलसम्बन्धी चर्चा गरिएको थियो । उक्त अवसरमा पुस्तकालयका अध्यक्ष घनश्याम बराल, कवि मुकुन्द प्रयास, केजी सुब्बा, गोपाल बराइली, तिलकप्रसाद राई, रविन्द्र नेपाली, सञ्जय सयल, सञ्जयसन्तोषी राई लगायतले रचना वाचन गरेका थिए ।
कार्यक्रममा गजल तथा गीतसमेत प्रस्तुत गरिएको जनाइएको छ ।
