न्यूरो कार्डियो अस्पतालबाट २५ वर्षमा २५ लाखभन्दा बढी सेवाग्राही लाभान्वित

बेलायतबाट अध्ययन पूरा गरी आएका डा. वीरेन्द्रकुमार विष्टले २०५७ भदौ ८ गते अस्पताल स्थापना गरेका थिए । अस्पताल आज नेपालका मात्र नभई सीमावर्ती भारतीय बिरामीहरूका लागि भरपर्दो उपचार केन्द्र बनेको छ ।

भाद्र ५, २०८२

कान्तिपुर संवाददाता

More than 2.5 million clients benefited from Neuro Cardio Hospital in 25 years

विराटनगर — विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालले स्वास्थ्य सेवाको २५ वर्षमा २५ लाखभन्दा बढी बिरामी लाभान्वित भएको जनाएको छ ।

बेलायतबाट अध्ययन पूरा गरी आएका डा. वीरेन्द्रकुमार विष्टले २०५७ भदौ ८ गते अस्पताल स्थापना गरेका थिए । अस्पताल आज नेपालका मात्र नभई सीमावर्ती भारतीय बिरामीहरूका लागि भरपर्दो उपचार केन्द्र बनेको छ । 

अस्पतालले स्वास्थ्य सेवामा नयाँ अध्याय कोर्दै नेपालमा नै पहिलो पटक न्यूरोलोजी ओपीडी तथा आईपीडी सेवा, पूर्वकै पहिलो न्यूरो सर्जरी, अत्याधुनिक सिटी स्क्यान, एमआरआई सेवा र क्याथल्याब सेवा सुरु गरेको हो । पछिल्लो वर्षमा नेपालकै पहिलो १२८ स्लाइस एआई पावर्ड सिटी स्क्यान मेसिन जडान गर्दै प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ ।

रजत जयन्तीको अवसरमा अस्पताल प्रशासनले बिहीबार पत्रकार सम्मेलन गरी अस्पतालको शय्या १५० बाट बढाएर २५० शय्यामा विस्तार गरिने जनाइएको छ । 

कोशी र मधेश प्रदेशका थप ३ स्थानमा सुपर स्पेसियालिटी अस्पतालमार्फत अत्याधुनिक प्रविधिसहितको सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखिएको संस्थापक अध्यक्ष विष्टले बताए । 

कान्तिपुर

Link copied successfully