झापामा माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

ढ्याङ्ग्री खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा ती युवक घाइते भएका थिए ।

भाद्र ४, २०८२

रासस

A young man died of electrocution while fishing in Jhapa

झापा — माछा मार्ने क्रममा करेन्ट लागेर बुधबार दिउँसो कमल गाउँपालिका–३ का २१ वर्षीय उज्ज्वल राईको मृत्यु भएको छ ।

स्थानीय ढ्याङ्ग्री खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा राई घाइते भएका थिए । घाइते राईलाई उपचारका लागि दमकस्थित लाइफ लाइन अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुई दिनअघि मात्र बिग्रिएको टेबल पङ्खा बनाउने क्रममा करेन्ट लागेर मेचीनगर नगरपालिका–५ का २२ वर्षीय सन्दीप राजवंशीको मृत्यु भएको थियो । 

झापामा पछिल्लो समय करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या  बढ्दै गएको जिल्ला प्रहरीका प्रवक्ता खगेन्द्र खड्काले बता‍ए । 

रासस

Link copied successfully