रजत जयन्तीमा विराटनगरको न्यूरो अस्पतालको स्वास्थ्य तथा सामाजिक सेवा कार्यक्रम

रजत जयन्तीका अवसरमा वर्षभर विभिन्न सेवामूलक कार्यक्रममार्फत समुदायको स्वास्थ्य र कल्याणमा योगदान पुर्‍याउने प्रतिबद्धता अस्पातलले गरेको छ ।

भाद्र ३, २०८२

कान्तिपुर संवाददाता

Health and Social Services Program of Biratnagar Neuro Hospital on Silver Jubilee

विराटनगर — विराटनगरस्थित न्यूरो कार्डियो एन्ड मल्टिस्पेसियलिटी अस्पतालले रजत जयन्तीको अवसरमा सप्ताहव्यापी सामाजिक तथा स्वास्थ्य सेवा कार्यक्रम सुरु गरेको छ ।

गत आइतबार ५८औं राधा कृष्ण रथयात्रामा स्वास्थ्य डेस्क स्थापना गरी सर्वसाधारणलाई प्राथमिक स्वास्थ्य जाँच, परामर्श तथा सेवा प्रदान गरिएको थियो । स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न चिकित्सक तथा नर्सहरूको टोली खटाइएको थियो । 

त्यसैगरी सोमबार विराटनगरस्थित मानव सेवा आश्रममा निःशुल्क स्वास्थ्य शिविर र फलफूल वितरण गरियो । वरिष्ठ न्यूरोलोजिस्ट तथा अस्पतालका संस्थापक प्रबन्ध निर्देशक डा. वीरेन्द्रकुमार विष्टको नेतृत्वमा सञ्चालन गरिएको शिविरमा विपन्न तथा आश्रित वर्गलाई लक्षित गरिएको थियो । 

बुधबार पनि नेपाल भाषा तथा सांस्कृतिक संघ, बंग्लामुखी मार्ग, विराटनगरमा बृहत् रक्तदान कार्यक्रम हुने आयोजना गरिने अस्पतालले जनाएको छ । 

रजत जयन्ती वर्षभर विभिन्न सेवामूलक कार्यक्रममार्फत समुदायको स्वास्थ्य र कल्याणमा योगदान पुर्‍याउने प्रतिबद्धता अस्पातलले गरेको छ । 

कान्तिपुर

Link copied successfully