भिमास्थित त्रियुगा नदीमा माछा मार्न गएका राई एक्कासि बेपत्ता भएपछि नदी किनारमा बल्छी र साइकलको चाबी फेला परेको छ।
उदयपुर — माछा मार्न त्रियुगा नदी पसेका उदयपुरका एक पुरुष बेपत्ता भएका छन् । सोमबार दिउँसो बल्छीसहित नदी पसेका चौदण्डीगढी नगरपालिका–६ सातधारेका ४५ वर्षीय दिलबहादुर राई बेपत्ता भएका हुन् ।
चौदण्डीगढी नगरपालिका–९ भिमास्थित त्रियुगा नदीमा माछा मार्न गएका राई नदीमा एक्कासि बेपत्ता भएपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए ।
नदी किनारमा माछा मार्न प्रयोग गरिने बल्छी, साइकलको चाबी र केही नगद पैसा फेला परेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बबिन राईले बताए ।
