इटहरीबाट ठुलो परिमाणको लागूऔषध बरामद

प्रहरीले मोहम्मद अवजल मियाँको घरमा छापा मार्दा ट्रामाडोल १ हजार २६० पिस क्याप्सुल र डीकोलिक ५१० पिस क्याप्सुल फेला पारेको हो ।

श्रावण २९, २०८२

अर्जुन सुवेदी

Large quantity of drugs recovered from Itahari

सुनसरी — सुनसरीको इटहरी उपमहानगरपालिका–११ बाट प्रहरीले ठुलो परिमाणको लागूऔषध बरामद गरेको छ।

प्रहरीले विशेष सूचनाका आधारमा इटहरी–११ का ३० वर्षीय मोहम्मद अवजल मियाँको घरमा छापा मार्दा ट्रामाडोल १ हजार २६० पिस क्याप्सुल र डीकोलिक ५१० पिस क्याप्सुल फेला पारेको हो ।

घटनास्थलबाट मोरङ सुन्दरहरैचा–७ का २४ वर्षीय सलमान मन्सुरी,  इटहरी–११ का १८ वर्षीय करण राई,  इटहरी–१४ का २२ वर्षीय रुजित सरदार र सिरहा नगरपालिका–१० का २४ वर्षीय होम मुखियालाई नियन्त्रणमा लिएको छ ।

सोही क्रममा घरको कम्पाउन्डमा पार्क गरिएको प्रदेश नं. १–०४–००१ प ४५९१ र को २९ प ७८०९ नम्बरका दुई मोटरसाइकल समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घरधनी अवजल मियाँ भने घटनापछि फरार छन् ।

अर्जुन सुवेदी

Link copied successfully