गर्भपतनको अभियोगमा चार जना पक्राउ 

१७ हप्ताको गर्भपतन गर्ने २१ वर्षीया महिला, उसलाई सहयोग गर्ने २३ वर्षीय पुरुष र अर्की सहयोगी ३५ वर्षीया महिलालाई २३ गते र मेडिकल व्यवसायीलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताएका छन् ।

श्रावण २८, २०८२

डम्बरसिं राई

Four arrested for abortion

खोटाङ — औषधि सेवन गरी गर्भपतन गरे/गराएको अभियोगमा चार जना पक्राउ परेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका तीन जना र दिक्तेलका मेडिकल व्यवसायी एक जना पक्राउ परेका हुन् ।

१७ हप्ताको गर्भपतन गर्ने २१ वर्षीया महिला, उसलाई सहयोग गर्ने २३ वर्षीय पुरुष र अर्की सहयोगी ३५ वर्षीया महिलालाई २३ गते र मेडिकल व्यवसायीलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताएका छन् । अनुसन्धानका क्रममा भएकाले पक्राउ पर्नेहरूको नाम गोप्य राखिएको मिश्रले सुनाएका छन् । 

स्थानीयबाट आएको जानकारीका आधारमा र घटनास्थलमा गर्भपतन गराएको भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई गर्भ संरक्षण विरुद्धको कसुरमा म्याद थप गरी अनुसन्धान बढाइएको मिश्रले जनाएका छन् ।

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully