निर्माणाधीन घरको सेफ्टी ट्यांकीमा मृत भेटिए ठेकेदार र कामदार

सुनसरीको दुहबी नगरपालिका-४ शिव मन्दिर चौकस्थित चन्द्रिका रौनियारको निर्माणाधीन घरको सेप्टी ट्यांकीमा स्थानीय ५० वर्षीय श्याम बहादुर तामाङ र वर्ष ३२ को रमेश राई मृत भेटिएका प्रहरीले जनाएको छ।

श्रावण २८, २०८२

अर्जुन सुवेदी

A contractor and a worker were found dead in the safety tank of a house under construction

सुनसरी — सुनसरीको दुहबी नगरपालिका–४ मा दुई जनाको शव भेटिएको छ। दुहबी-४ शिव मन्दिर चौकस्थित चन्द्रिका रौनियारको निर्माणाधीन घरको सेप्टी टेंकीमा स्थानीय ५० वर्षीय श्याम बहादुर तामाङ र वर्ष ३२ को रमेश राई मृत भेटिएका प्रहरीले जनाएको छ।

तामाङ ठेकेदार हुन् भने राई कामदार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

उनीहरूको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी परिचालन गरी घटनाको अनुसन्धान सुरु गरिएको खतिवडाले बताए ।

थप अनुसन्धानको लागि धरानबाट फोरेन्सिक चिकित्सकको टोली झिकाइएको खतिवडाले बताए ।

अर्जुन सुवेदी

Link copied successfully