उदयपुरमा विषालु च्याउ खाँदा आठ जना बिरामी

सदा परिवारले मंगलबार बिहान घर नजिकै जंगलबाट च्याउ ल्याएर खाएको र अचानक बान्ता हुन थालेपछि नगर अस्पताल बेल्टार भर्ना गरिएको प्रहरीले जनाएको छ ।

श्रावण २७, २०८२

राकेश नेपाली

Eight people sick after eating poisonous mushroom in Udaipur

उदयपुर — विषालु जंगली च्याउ खाँदा उदयपुरमा आठ जना बिरामी भएका छन् । चौदण्डीगढी नगरपालिका–९ अजगरामा जंगली च्याउ खाएर मंगलबार स्थानीय सदा परिवार बिरामी परेका हुन् ।

जंगली च्याउ खाएर गम्भीर बिरामी भएकी ८५ वर्षिया गवनी सदा, ६० वर्षीया गीता सदा र २९ वर्षीया सरिता सदालाई नगर अस्पताल बेल्टारमा सामान्य उपचारपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बबिन राईले बताए । ३१ वर्षीया सन्जु सदा, २९ वर्षिया मन्जु सदा, १० वर्षीया बालिका सन्ध्या सदा, ११ वर्षीया सन्जा सदा र ५५ वर्षीय लल्कु सदाको नगर अस्पताल बेल्टारमै उपचार भइरहेको उनले बताए ।

सदा परिवारले मंगलबार बिहान घर नजिकै जंगलबाट च्याउ ल्याएर खाएको र अचानक बान्ता हुन थालेपछि नगर अस्पताल बेल्टार भर्ना गरिएको प्रहरीले जनाएको छ ।  

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully