सुनसरीमा बस र माइक्रो ठोक्किँदा १३ यात्रु घाइते, दुईको अवस्था गम्भीर

प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विराटनगर– राजविराज रुटको माइक्रो बस र मे १ ख १७९९ नम्बरको काँकडभिट्टा दिक्तेल चल्ने बस एकापसमा ठक्कर खाँदा माइक्रोका अधिकांश यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

श्रावण २६, २०८२

अर्जुन सुवेदी

13 passengers were injured, two were in serious condition when a bus and a micro collided in Sunsari

सुनसरी — पूर्वपश्चिम राजमार्गस्थित सुनसरीको भोक्राहनरसिंह गाउँपालिकाको फुलचौकमा भएको सवारी दुर्घटनामा १३ जना यात्रु घाइते भएका छन्।

आज बिहान ८ बजे भएको दुर्घटनामा घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छन् । बस र माइक्रो एक आपसमा ठक्कर खाँदा माइक्रोमा सवार अधिकांश यात्रु घाइते भएका छन् ।

प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विराटनगर– राजविराज रुटको माइक्रो बस र मे १ ख १७९९ नम्बरको काँकडभिट्टा दिक्तेल चल्ने बस एकापसमा ठक्कर खाँदा माइक्रोका अधिकांश यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते यात्रुको उद्धार गरी जिल्ला अस्पताल इनरुवा सप्तकोसी न्युरो अस्पताल पठाइएको छ । घटनाको विस्तृत विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

अर्जुन सुवेदी

Link copied successfully