गत साउन २२ गते बस्नेतका दुई छोरी, एक छोरा र छिमेकीका तीन छोरी हराएकामध्ये मेनिषा र मेघराज साउन २३ गते मृत फेला पारेका थिए ।
खोटाङ — दिप्रुङ चुइचुम्मा गाउँपालिकामा भीरबाट लडेर मृत्यु भई गाडिएको दिदीभाइको शव उत्खनन् गरी पोस्टमार्टमका लागि दिक्तेल पठाइएको छ ।
उक्त गाउँपालिकाको वडा नं ३ छोरम्बु सापतेलका गोविन्द बस्नेतकी ११ वर्षीया छोरी मेनिषा बस्नेत र ४ वर्षीय छोरा मेघराज बस्नेतको शव आइतबार बेलुकी उत्खनन् गरी जिल्ला अस्पताल दिक्तेल पठाइएको हो ।
गत साउन २२ गते बस्नेतका दुई छोरी, एक छोरा र छिमेकीका तीन छोरी हराएकामध्ये मेनिषा र मेघराज साउन २३ गते मृत फेला पारेका थिए ।
आफन्तले खोज्ने क्रमममा उक्त गाउँपालिका–२ डाँडागाउँस्थित चेपाभिरबाट लडेर मृत्यु भएको अवस्थामा फेला पारेका थिए । अन्य चार जना भने सकुशल भेटिएका थिए ।
मृतक दिदीभाइको शव प्रक्रिया नपुर्याई अत्येष्टि गरिएको भन्दै उत्खनन् गरी पोस्टमार्टमका लागि दिक्तेल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताएका छन् ।
