सोताङ गाउँपालिकाको काठमाडौं केन्द्रित सेवा शिविरबाट ७ सयले लिए सेवा

शिविरमा सिफारिस, तिरो भुक्तान, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणका सेवाहरु प्रवाह गरिएको थियो ।

श्रावण २५, २०८२

भानुभक्त निरौला

700 took service from the Kathmandu-centered service camp of Sotang Rural Municipality

सोलुखुम्बु — सोलुखुम्बुको सोताङ गाउँपालिकाले शुक्रबारबाट सुरु गरेको एकीकृत सेवा शिविर बाट करिव ७ सय सोताङबासीले काठमाडौंबाटै सेवा लिएका छन् ।

शुक्रबार पूर्वमन्त्री बलबहादुर केसीको प्रमुख आतिथ्यता तथा गाउँपालिका अध्यक्ष खिलराज बस्नेतको अध्यक्षतामा उद्घाटन समारोह गरेर सुरु भएको शिविरमा करिब ७ सय सोताङबासीले सेवा लिएका हुन् । ५ वटा वडा रहेको गाउँपालिकाले काठमाडौंमा विभिन्न पेशा–व्यवसाय, अध्ययन एवं अन्य समस्याले बसोबास गरिरहेका नागरिक लक्षित गरी आयोजना गेको शिविरमा सेवाग्राहीले हेर्दा सामान्य लाग्ने तर अत्यावश्यक सेवा लिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत तथा शिविर आयोजक समितिका संयोजक अरुण बस्नेतले बताए । 

शिविरमा सिफारिस, तिरो भुक्तान, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणका सेवाहरु प्रवाह गरिएको थियो । 

शिविरको आयोजनाले गाउँपालिकाबासीको खर्च र समय दुवैको बचत भएको गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले बताए । उनले आगामी वर्षहरुमा पनि गाउँपालिकाले शिविरलाई निरन्तरता दिँदै जाने पनि उल्लेख गरे ।

भानुभक्त

Link copied successfully