धनकुटामा बोलेरो गाडी दुर्घटना हुँदा १० जना घाइते

को २ च २३०९ नम्बरको बोलेरो गाडी अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीले जानकारी दिए।

श्रावण २५, २०८२

रमेशचन्द्र अधिकारी

10 injured in Bolero car accident in Dhankuta

धनकुटा — धनकुटा नगरपालिका-८ टेकुनालामा आइतबार बिहान पिकअप गाडी दुर्घटना भएको छ। दुर्घटनामा कम्तीमा १० जना घाइते भएको प्रहरीले जनाएको छ। जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

धनकुटा बजारमा गाई जात्रा हेर्न जाँदै गरेका स्थानीयबासी दुर्घटनामा परेको जनाइएको छ। को २ च २३०९ नम्बरको बोलेरो गाडी अनियन्त्रित भएर पल्टिएर दुर्घटनामा परेको जिल्ला प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीले जानकारी दिए।

अधिकांश घाइतेको धनकुटा अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइतेलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको धनकुटा अस्पतालले जनाएको छ । घटनाबारे थप विवरण बाकी रहेको प्रहरीले जनाएको छ । 

रमेशचन्द्र अधिकारी अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully