दिप्रुङ चुइचुम्मामा दिदी र भाइ मृत फेला

बिहीबार उनीहरु मृत फेला परेको घटनाबारे आफूहरुलाई खबर नगरी शुक्रबार बिहान अन्त्येष्टि गरिएको हुँदा उक्त घटनाबारे अनुसन्धान थालिएको खोटाङ प्रहरीले जनाएको छ ।

श्रावण २४, २०८२

डम्बरसिं राई

Sister and brother found dead in Diprung Chuichumma

खोटाङ — दिप्रुङ चुइचुम्मा गाउँपालिकामा भीरबाट लडेर दुई बालबालिका मृत फेला परेका छन् । उक्त गाउँपालिकाको वडा नं ३ छोरम्बु सापतेलका गोविन्द बस्नेतकी ११ वर्षीया छोरी मेनिषा बस्नेत र ४ वर्षीय छोरा मेघराज बस्नेत मृत भेटिएका हुन् ।

गत साउन २२ गतेदेखि नवराजका दुई छोरी र एक छोरा र छिमेकीका तीन छोरी हराएका थिए । आफन्तले खोज्ने क्रमममा उक्त गाउँपालिका–२ डाँडागाउँस्थित चेपाभीरबाट लडेर बिहीबार करिब एक हजार मिटर तल झरेका उनीहरु मृत अवस्थामा फेला पारेका हुन् । अन्य चार जना भने सकुशल भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले जनाएका छन् ।

दुई जनाको मृत्युबारे प्रहरीलाई खबर नगरी शुक्रबार बिहान अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ । उक्त घटनाको बारेमा अनुसन्धान सुरु गरिएको मिश्रको भनाइ छ ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully