स्कुटरबाट खस्दा उदयपुरमा एकजनाको मृत्यु

त्रियुगा नगरपालिका–६ कुमारी चोकस्थित देउरीबाट मुर्कुचीतर्फ जाने क्रममा ६८ वर्षीय श्रीमान् जगरनाथ साह सुडीले चलाइरहेको स ५ प ७० नम्बरको स्कुटरबाट एक्कासी खसेकी गंगियादेवीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङले बताए ।

श्रावण २४, २०८२

राकेश नेपाली

One person died in Udaipur after falling from a scooter

उदयपुर — स्कुटरबाट खस्दा उदयपुरमा एकजनाको मृत्यु भएको छ । श्रीमान‍्ले चलाएको स्कुटरको पछाडि बसेकी सुखीपुर नगरपालिका–८ सिरहाकी ५८ वर्षीया गंगियादेवी साह सुडीको शनिबार मृत्यु भएको हो ।

त्रियुगा नगरपालिका–६ कुमारी चोकस्थित देउरीबाट मुर्कुचीतर्फ जाने क्रममा ६८ वर्षीय श्रीमान् जगरनाथ साह सुडीले चलाइरहेको स ५ प ७० नम्बरको स्कुटरबाट एक्कासी खसेकी गंगियादेवीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङले बताए । 

शरीरका विभिन्न भागमा चोटपटक लागी गम्भीर घाइते भएकी सुडीलाई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार गरी थप उपचारका लागि विराट टिचिङ अस्पताल, बिराटनगर लगिएकोमा चिकित्सकले शनिबार दिउँसो मृत घोषणा गरेको डीएसपी दोङले बताए ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully