करिब तीन वर्षकी छोरीसहित फिदिम-४ मा बस्दै आएका ती पुरुषलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जनाकारी दिए ।
पाँचथर — पतिले जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि पाँचथरको फिदिम नगरपालिका-४ बाट प्रहरीले २७ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।
उनले मदिरा सेवन गरेर आफूलाई दैनिकजसो कुटपिट गर्ने, मानसिक यातना दिने र जबरजस्ती करणी गरेको जाहेरी प्राप्त भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पक्राउ परेका पीडकको नाम भने सार्वजनिक गरिएको छैन ।
करिब तीन वर्षकी छोरीसहित फिदिम-४ मा बस्दै आएका ती पुरुषलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जनाकारी दिए । उनका अनुसार पीडितले दिएको श्रीमान्ले मादक पदर्था सेवन गरी पटकपटक कुटपिट गर्ने, मानसिक यातना दिने र मञ्जुरीबिना जबरजस्ती करणी गरेको उल्लेख छ ।
