‘बर्थ डे पार्टी’ खाँदा उदयपुरमा २७ जना बिरामी, सबै अस्पतालमा भर्ना

उदयपुरमा भोजपछि ३ पुरुष, ११ महिला र १३ बालबालिका बिरामी, झाडापखालाको कारण अस्पताल भर्ना, थप अनुसन्धान जारी।

श्रावण २३, २०८२

राकेश नेपाली

27 patients in Udaipur, all admitted to hospital after having 'birthday party'

उदयपुर — जन्मदिनको भोज खाँदा उदयपुरमा २७ जना बिरामी परेका छन्। बिहीबार बेलुकी त्रियुगा नगरपालिका–७ नमुना चौकस्थित जितेन्द्र राईको घरमा आयोजना गरिएको ‘बर्थ डे पार्टी’मा सहभागी स्थानीयहरू अचानक बिरामी परेका हुन्।

भोज खाएका व्यक्तिहरूलाई झाडापखाला र बान्ता भएपछि उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङले जानकारी दिए।

बिरामी पर्नेमा ३ जना पुरुष, ११ जना महिला, ५ जना बालक र ८ जना बालिका रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully